२४ जेष्ठ २०८३, आईतवार

नेपालमा खेलकुदको व्यवसायीकरण भन्ने मुख्य उद्देश्यका साथ होमल्ययाण्ड स्पोर्टस क्लब नेपालद्धारा आयोजित “काठमाण्डौ ओपन ईन्टरनेशनल ग्रान्डमास्टर चेस प्रतियोगिता” सातौं चरणको शुरुवात एनआरएन नेपालका पूर्व अध्यक्ष उपेन्द्र महतोले गरेका छन् । खेल नवौ चरणसम्म हुनेछ ।
चेस खेलाडीलाई ईन्टरनेशनलमास्टर तथा ग्रान्डमास्टर बन्न आवश्यक पर्ने नर्म सर्टिफिकेट प्राप्तिका लागि प्राविधिक हिसाबले यस प्रतियोगितालाई विश्व चेस जगतले नै महत्वपूर्ण रुपमा लिएको छ । प्रतियोेगिता आयोजनाका निमित्त नेपाल बुद्धिचाल संघ, एसियन चेस फेडेरेसन तथा वल्र्ड चेस फेडेरेसन को सहयोगमा सञ्चालन भैरहेको छ । प्रतियोगिता सञ्चालन गर्न नेपाल, भारत, बंगलादेश र श्रीलंकाका अन्तराष्ट्रिय आर्विटर (निणार्यक) हरु को निगरानीमा भैरहेको क्लवका अध्यक्ष प्रकाश अधिकारीले बताएका छन् । २९ गतेबाट बैशाख ४ गतेसम्म काठमाडौको बुढानिलकण्ठ अवस्थित पार्क भिलेज होटल एण्ड रिसोर्टमा सञ्चालन भैरहेको छ ।


कुल १० लाख रुपैंया नगद पुरस्कार रहेको प्रतियोगितामा अमेरिका, स्पेन, रसिया, ईजरायल, अजरवैजान, रोमानिया, भारत, श्रीलंका, भुटान, बेलारुस, अष्ट्रेलिया, बंगलादेश, मलेसिया, भियतनाम र केन्या गरी करिव सय जना तथा नेपालका ८० गरी जम्मा १ सय ८० खेलाडीको सहभागीता छ । स्विस लिग अनुसार ९ चरणसम्म चल्ने प्
रतियोगितामा १२ जना ग्रान्डमास्टर, १४ जना ईन्टरनेशनलमास्टर, १० जना फिडेमास्टर, १० जना क्यान्डिडेटमास्टरको सहभागीता रहेका छन् ।
खेलाडी, प्राविधिक तथा प्रशिक्षकहरुलाई अनुबन्धित गरेर नियमित प्रशिक्षण गर्ने गराउने तथा नियमित आयआर्जन गराई जिविकोपार्जनमा समेत सहयोग पु¥याई व्यवसायिक रुपमा अघि बढ्दै जाने होमल्ययाण्ड स्पोर्टस क्लब नेपालका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिएका छन् ।