युनेस्कोबाट नेपाली वैज्ञानिक पुरस्कृत

होमल्याण्ड खबर

२०७६ पुष ४ गते, शुक्रबार १६:३४ मा प्रकाशित

युनेस्कोबाट प्रदान गरिने युवा वैज्ञानिकको पुरस्कारबाट उपप्राध्यापक अच्युत अधिकारी पुरस्कृत भएका छन् ।

युनेस्कोले विकासोन्मुख मुलुकका युवा वैज्ञानिकहरुलाई दिने पुरस्कारबाट उनी सम्मानित भएका हुन् ।

टिमुरबाट डाइभिटिज, ब्लड प्रेसरको औषधि बनाउन सकिने तथ्य पत्ता लगाएकाले उनलाई यो पुरस्कार दिइएको हो । पुरस्कारको राशी ५ हजार डलरको रहेको छ ।