नागरिकता संशोधन विधेयक विरद्ध प्रदर्शन, उत्तर प्रदेशमा हाई अलर्ट, इन्टरनेट बन्द

होमल्याण्ड खबर

२०७६ पुष ११ गते, शुक्रबार १०:३६ मा प्रकाशित

एजेन्सी, नागरिकता संशोधन विधेयक र एनआरसीलाई लिएर भारतभर प्रदर्शन भरिएको छ ।

नागरिकता संशोधन विधेयकका विरद्ध भारतभर प्रदर्शन चर्केका बेला आज हुने जुमेको नमाजभन्दा पहिले उत्तर प्रदेशको अधिकांश क्षेत्रमा धारा १४४ लागु गरेर इन्टरनेट सेवा बन्द गरिएको छ ।

मेरठ, सीतापुर, कानपुर, गाजियाबाद, बिजनौर, फिरोजाबाद, अलीगढ लगायतका ठाउँमा इन्टरनेट बन्द गरिएको छ ।

गत हप्ता नागरिकता संशोधन विधेयक र एनआरसीलाई लिएर व्यापक विरोध प्रदर्शन भएको थियो । जसकारण उत्तर प्रदेशका थुप्रै क्षेत्रमा यसअघि नै सुरक्षा सतर्कता बढाइएको थियो ।