चीनबाट कोरोनाभाइरस फैलिएको भन्दै विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

होमल्याण्ड खबर

२०७६ माघ १७ गते, शुक्रबार १३:४७ मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्लयूएचओ) ले चीनबाट फैलिएको नयाँ कोरोना भाइरसको संक्रमणले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

कोरोना तीव्र गतिमा फैलन थालेपछि डब्लयूएचओको आपतकालीन बैठकले विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको हो । कमजोर स्वास्थ्य प्रणाली भएका देशमा रोग फैलन सक्ने सम्भावना अधिक भएकाले डब्लुएचओले बिहीबार विश्व आपतकाल घोषणा गरेको हो ।

कोरोनाभाइरसका कारण अहिलेसम्म २१३ जनाको मृत्युको भएको पुष्टि भइसकेको छ ।

हाल उक्त संक्रमण चीनबाहिर पनि फैलिसकेको छ । चीनबाहेक अन्यत्र नेपालसहित १८ देशमा ९८ जनामा संक्रमण भएको पाइएको छ । तर चीनबाहिर यसका कारण कसैको ज्यान भने गएको छैन ।