१० मंसिर २०८१, सोमबार
दक्षिण कोरियामा रहेका नेपालीमा समेत कोरोना संक्रमण फैलन सक्ने भन्दै सियोलस्थित नेपाली दूतावासले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
अहिले कारियामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै धेरै प्रभावित देखिएको थुगु तथा आसपासका क्षेत्रमा रहेका नेपाली नागरिकलाई सावधानी अपनाउन दूतावासले आग्रह गरेको हो ।
त्यहाँस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर सतर्क र सजग रहन नेपालीहरूलाई अपिल गरेको छ ।
विज्ञप्तिमा कोरोना संक्रमण तीव्र गतिमा बढेकाले यसबाट सुरक्षित रहन सबै नेपालीलाई आग्रह गरिएको छ ।
दूतावासले यो क्षेत्रमा नेपाली विद्यार्थीदेखि श्रमिकसम्म रहेको उल्लेख गर्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
विज्ञप्ती हेर्नुहोस् ः