१० मंसिर २०८१, सोमबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत पुगेका छन् । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरदार भल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले पहिलो पटक भारत भ्रमण गरेका हुन् । यस भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाई प्रदान गर्ने बताइएको छ ।
ट्रम्प विमानस्थलमा ल्यान्ड गर्नेबित्तिकै मोदीले अंकमाल गरेका थिए । ट्रम्पसँगै उनकी पत्नी मेलानिया ट्रम्प, छोरी इभान्का र ज्वाई जारेद कश्नेर पनि भारत आएका छन् ।
ट्रम्पलाई ट्री-सर्भिस गार्ड अफ अनरसहित स्वागत गरिएको हो । ट्रम्पलाई स्वागत गर्न गुजरातका मुख्यमन्त्री विजय रुपानी पनि विमानस्थल पुगेका थिए ।
ट्रम्पले आफ्नो दुई दिने भ्रमणका क्रममा अहेमदावादका साथै आग्रा र नयाँ दिल्ली पनि जाने कार्यक्रम छ ।