१० मंसिर २०८१, सोमबार
कारोना भाइरसको संक्रमण देखिएपछि जापानको समुन्द्रमै राखिएको एक जापानी पानीजहाजबाट भारतले एक सय १९ भारतीयसहित पाँच विदेशी नागरिकको पनि उद्वार गरेको छ ।
उद्वार गरिएकामा एक नेपाली पनि रहेको पुष्टि भएको छ । भारत सरकारले बुधबार कोरोना भाइरस सक्रमण देखिएको डायमण्ड प्रिन्सेस जहाजमा रहेका आफ्ना नागरिकहरुको उद्धारका लागि एअर इन्डियाको विशेष विमान त्यसतर्फ पठाएको थियो।
उक्त जहाज १२४ जना यात्रु लिएर बिहीबार बिहान दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा ओर्लेको छ। जापानबाट भारतीय नागरिकसहित नेपाल, श्रीलङ्का, दक्षिण अफ्रिका र पेरुका नागरिकलाई पनि ल्याइएको हो ।
भारतीय पक्षले पानीजहाजमा रहेका अन्य देशका नागरिकहरुले यदि चौध दिनको क्वारेन्टाइन अनिवार्य रुपमा बस्न तयार हुन्छन् भने उद्धार गर्ने प्रस्ताव राखेकोमा एक नेपालीले सहमति जनाएपछि उनलाई उद्वार गरेको जनाइएको छ ।