कोरोनाभाइरस त्रासः जापानले दियो एक महिना विद्यालय छुट्टी

होमल्याण्ड खबर

२०७६ फाल्गुन १६ गते, शुक्रबार १०:२९ मा प्रकाशित

जापानका प्रधानमन्त्री शिन्जो आबेले त्यहाँका सार्वजनिक विद्यालयहरुलाई अस्थायी बन्द गर्ने घोषणा गरेका छन् ।

उनले देशका सबै प्राथमिकदेखि हाइस्कुलहरु सोमबारदेखि बन्द गर्न निर्देशन दिएका हुन् । जुन बन्द आगामी अप्रिलसम्म चल्नेछ ।

जापानमा दुई बालबालिकासहित थप १३ जनामा कोभिड–१९ सङ्क्रमण देखा परेपछि उक्त घोषणा भएको हो ।

जापानमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएपछि आबेले एक्कासी यो घोषणा गरेका जापान टाइम्सले लेखेको छ ।

बिहीबार साँझसम्म जापानमा कोरोना भाइरस संक्रमित संख्या २०० भन्दा बढी पुगेको छ ।