१० मंसिर २०८१, सोमबार
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीके सफल शल्यक्रियको कामना गरेका छन् ।
उनले सोमबार बिहान ट्विटरमार्फत ओलीलाई बुधबार हुन लागेको मिर्गौला प्रत्यारोण कार्य सफल भई छिटै स्वास्थ्यलाभ गर्न कामना गरेका हुन्।
मोदीले ट्विटरमा लेखेका छन, ‘मेरा प्रिय मित्र केपी शर्मा ओलीजी तपाईको सफल शल्यक्रिया र छिटो स्वाश्यलाभको कामना गर्दछु।प्रधानमन्त्री ओलीलाई ट्विटरमा मेन्सन गर्दै मोदीले लेखेका छन्,‘तपाईको स्वास्थ्य, खुसी र दीर्घ जीवनका लागि मेरा भगवान पशुपतिनाथसँग प्रार्थना गर्दछु । नेपाल–भारत सम्बन्धका लागि तपाईको योगदान आगमी दिनमा निरन्तर रहोस् र नयाँ उचाइमा पुगोस्’।