१० मंसिर २०८१, सोमबार
बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्जर्भेटिभ पार्टीकी सांसद नदिन डोरीजमा कोरोना भाइरसको संक्रमण भएको छ ।
संक्रमण भएको पुष्टि भएपछि उनी हाल आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसिरहेकी छन् ।
उनी कोरोना भाइरसबाट संक्रमति हुने पहिलो संसद् सदस्य रहेको बीबीसीले जनाएको छ ।
स्वास्थ्यकर्मीहरुले उनमा कोबाट भाइरसको संक्रमण भयो भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन् ।
स्वास्थ्यमन्त्री डोरिजले आफूसँगै घरमा बसिरहेकी आफ्नी ८४ वर्षीया आमाको स्वास्थ्यबारे आफूलाई चिन्ता लागेको बताइन् ।
बेलायतमा करिब ४ सय जनामा संक्रमण भेटिएको छ भने ६ जनाको मृत्यु भएको छ ।