पहिलो पटक मुख्य प्रतियोगिता जिताएका फ्रान्सेली प्रशिक्षकको निधन

होमल्याण्ड खबर

२०७६ चैत्र १४ गते, शुक्रबार १२:०७ मा प्रकाशित

सन् १९८४ मा फ्रान्सलाई युरो कप जिताएका प्रशिक्षक मिसेल हिडाल्गोको निधन भएको छ ।

फ्रान्सेली फुटबललाई पहिलो पटक मुख्य प्रतियोगिता जिताएका हिडाल्गोको ८७ वर्षको उमेरमा निधन भएको हो ।

उनी लामो समयदेखि बिरामी थिए ।

उनले फ्रान्सलाई सन् १९७६ देखि १९८४ सम्म प्रशिक्षण दिएका थिए । आयोजक फ्रान्सले स्पेनलाई २–० ले पराजित गर्दै युरोपियन च्याम्पियन बनेपछि उनले प्रशिक्षक पद छाडेका थिए ।