अमेरिकी डलर र कुवेती दिनारको भाउ बढ्यो

होमल्याण्ड खबर

२०७६ चैत्र २२ गते, शनिबार ११:५९ मा प्रकाशित

अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर शनिवार बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २२ रुपैयाँ १८ पैसा तोकिएको छ । एक बहराईन दिनारको  खरिददर ३ सय २२ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २४ रुपैयाँ ४ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३३ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ३२ पैसा तोकिएको छ ।  त्यसैगरी एक साउदी रियालको खरिददर ३२ रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४८ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९२ रुपैयाँ ८६ पैसा तोकिएको छ ।

त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ८९  पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर  २७ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४ पैसा तोकिएको छ ।  आज  एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४९ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५० पैयाँ १० पैसा तोकिएको छ।