१० मंसिर २०८१, सोमबार
टर्कीका गृहमन्त्री सुलेमानी सोयलुले राजीनामा दिएका छन् । लकडाउन लागू गर्न असफल भएपछि गृहमन्त्री सोयलुले पदबाट राजीनामा दिएका हुन् ।
गृहमन्त्री सुलेमानले आफूले यस्तो स्थितीको पूर्ण जिम्मेवारी लिँदै ट्वीटरमा राजीनामा दिएको घोषणा गरे । सुलेमानीले ट्वीटरमा लेखे, ‘मैले जनताको सुरक्षाका लागि निर्णय लिएको थिएँ । यो संक्रमण रोक्नका लागि थियो ।’
टर्कीका सबै ३१ शहरमा लकडाउन घोषणा गरिएको थियो तर घोषणालगत्तै तनावग्रस्त स्थिती पैदा भएको थियो । त्यहाँको सरकारले शुक्रबार राती ४८ घण्टाको लकडाउन घोषणा गरेको थियो । शुक्रबार मध्य रातदेखि मानिसहरु आफ्नो घरबाट बाहिर निस्कन पाउँदैनथे तर लकडाउनको घोषणालगत्तै मानिसहरु किराना पसल र बेकरी सपमा सामान खरिद गर्नका लागि ह्वारह्वार्ती निस्कन थाले । हेर्दा हेर्दै स्थिती तनावपूर्ण हुन थाल्यो । प्रशासनले दैनिक उपभोग्य वस्तु तथा औषधीको खरिदमा कुनै प्रतिबन्ध नलाग्ने भनेर सम्झाएपनि स्थिती नियन्त्रणमा आउन सकेन ।
तत्पश्चात्, तत्काल कर्फ्यू लागू गरेपछि सर्वसाधारण र विपक्षी नेताले आलोचना गर्न थाले । शहरका मेयरले ट्वीटरमा भिडियो पोस्ट गर्दै आफूहरुलाई लकडाउनको विषयमा पहिले नै सूचित नगरिएको बताएका छन् ।