भारतमा कोरोनाबाट एकै दिन ३८ जनाको मृत्यु, कति निको भए, कतिको उपचार हुँदै ?

होमल्याण्ड खबर

२०७७ बैशाख ८ गते, सोमबार ०९:५४ मा प्रकाशित

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ। अघिल्लो दिनको तुलनामा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा मृत्यु हुने र संक्रमिणको संख्या विश्वभर घटेको छ।  पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरसबाट ४ हजार ९६२ जनाको मृत्यु भएको छ भने ७५ हजार नयाँ संक्रमित थपिएका छन्।

यो सँगै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ५८ पुगेको छ भने २४ लाख ६ हजार ९०५ जना संक्रमित भएका छन्।  छिमेकी देश भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा मात्रै ३८ जनाको मृत्यु भएको छ भने १ हजार २५० जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै भारतमा अिहलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५५९ पुगेको छ भने १७ हजार ६१६ जना संक्रमित भएका छन्।  जसमध्ये अहिलेसम्म २ हजार ८५४ जना उपचारपछि निको भएका छन् भने १४ हजार २०२ जनाको उपचार भइरहेको छ।