कोरोना संक्रमित पत्रकारले अस्पतालको चौथो तलाबाट हाम फाले

होमल्याण्ड खबर

२०७७ असार २३ गते, मंगलवार १५:३८ मा प्रकाशित

भारतमा एक जना काेराेना संक्रमित पत्रकारले अस्पतालकाे चाैथाे तलाबाट हाम फालेकाे जनाइएकाे छ ।

दिल्लीमा अखिल भारतीय आयुर्विज्ञान संस्थानमा कोरोना भाइरसको उपचार गराइरहेका एक ३७ वर्षीय पत्रकारले सोमबार दिउँसो अस्पतालको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेकाे भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

उनी  एक हिन्दी पत्रिकाका लागि काम गर्थे । अस्पतालबाट हाम फालेपछि उनलाई तत्काल आइसीयूमा राखिएपनि उनको ज्यान बचाउन नसकिएको बताइएकाे छ ।