१० मंसिर २०८१, सोमबार
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक रुपमा ’आईसीसी क्रिकेट विश्वकप सुपर लिग’ को घोषणा गरेको छ ।आईसीसीले सोमबार एकदिवसीय विश्वकप छनोटको रुपमा रहेको विश्वकप सुपर लिगको घोषणा गरेको हो ।
१३ टोलीले खेल्ने विश्वकप सुपर लिग एकदिवसीय फर्म्याटको हुनेछ । जुलाई ३० मासाउथह्याम्पटनमा हुने इंग्ल्यान्ड र आयरल्याण्डबीचको खेलसँगै विश्वकप सुपर लिग सुरु हुने आईसीसीले जनाएको छ ।
विश्वकप सुपर लिगमा १२ टेष्ट राष्ट्र र नेदरल्यान्ड्ससहित १३ टिमले प्रतिस्पर्धा गर्ने छन् । सन् २०१५–१७ को आईसीसी विश्व क्रिकेट सुपर लिग विजेता भएका कारण नेदरल्यान्ड्स छनोट भएको आईसीसीले जनाएको छ ।
हरेक टोलीले होम एण्ड अवेका आधारमा ३ खेलको ४÷४ सिरिज खेल्नेछ । विश्वकप सुपर लिगको शीर्ष ७ टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।