कारागारमा हमला हुँदा २० जनाको मृत्यु

होमल्याण्ड खबर

२०७७ श्रावण १९ गते, सोमबार १६:०२ मा प्रकाशित

काठमाडौं । अफगानिस्तानको पूर्वी जलालाबादस्थित एक कारागारमा अतिवादी इस्लामिक स्टेट समूहले गरेको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ । प्रान्तीय अस्पतालका प्रवक्ता जाहेर अदेलले आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको पुष्टि गर्नुभयो ।

प्रान्तीय सरकारी अधिकारीका अनुसार त्यस क्रममा आक्रमणकारी र सुरक्षाफौजबीच भिडन्त समेत भएको थियो । मारिनेहरुमा सुरक्षाकर्मी समेत रहेकाे बताइएकाे छ ।

शुक्रबारदेखि ईद पर्वका अवसरमा अफगान सरकार र मुख्य विद्रोही समूह तालिबानबीच तीन दिने युद्धबिराम लागू छ । अफगान राष्ट्रपति अस्रफ घानीले ईदलगत्तै तालिबानसँग वार्ता शुरु हुने र त्यसपछि स्थायी युद्धबिराम हुने बताउनुभएको छ ।