१० मंसिर २०८१, सोमबार
काठमाडौ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसविरुद्धको औषधि र उपयुक्त खोप कहिल्यै पनि पत्ता नलाग्ने सम्भावना रहेको बताएको छ ।
डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसविरुद्धको खोप चाँडै उपलब्ध भइहाले पनि अहिले यसको कुनै अचूक औषधि नभएको र सायद कहिल्यै पनि नबन्न सक्ने बताएका हुन् । केही खोपहरू अहिले तेस्रो चरणको मानवीय परीक्षणको चरणमा रहेको हुदा यसले संक्रमणबाट जोगाउने आशा राखिएको छ ।
‘अहिले भाइरसको कुनै अचुक औषधि छैन र यो कहिले पनि नभेटिने सम्भावना पनि छ,’ डा. टेडरोज भन्छन्, ‘अहिलेका लागि महामारी नियन्त्रणमा लिने उपाय भनेको परीक्षण, आइसोलेसन र मास्कको प्रयोग गरेर महामारी रोक्ने काम जारी राख्छौं ।’ टेड्रोसले यसअघि कोरोना भाइरस कहिल्यै समाप्त नहुने र यससँगै बाँच्न सिक्नुपर्छ बताइसकेका छन् ।
कोरोना मौसमी रोग भएको हुँदा मौसममा परिवर्तन हुँदा कोरोनामा कुनै असर नपर्ने बताइएको छ । डब्लुएचओ प्रमुख डा. टेडरोजले विश्वभरका मानिसलाई सामाजिक दुरी, हातको सफाइ तथा मास्क प्रयोग, गर्नेसहितका उपायहरू अपनाउन अपिल गरेका छन् । साथै, उनले कोरोना संक्रमित आमाहरूले आफ्नो शिशुलाई स्तनपान गराउन रोक्न नहुने पनि जानकारी दिएका छन् ।