कोरोना संक्रमणबाट हरेक १५ सेकेन्डमा एक जनाको मृत्यु

होमल्याण्ड खबर

२०७७ भाद्र ७ गते, आईतवार १३:०७ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस ‘कोभिड १९’ का कारण विश्वमा हरेक १५ सेकेन्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ। रोयटर्सका अनुसार दुई साता यताको मृतक संख्यालाई हेर्दा विश्वभर हरेक १५ सेकेन्डमा एक व्यक्तिको मृत्यु भएको देखिएको हाे।

दुई साताकाे तथ्यांकलाई हेर्दा हरेक एक घण्टामा विश्वभर २ सय ४६ को मृत्यु भइरहेको छ। विश्व स्वास्थ्य संगठनकाे पछिल्लाे विवरण अनुसार कोरोना भाइरस संक्रमणका कारण हालसम्म २ करोड ३३ लाख ८३ हजारमा कोरोना संक्रमण पुष्टि भइसकेकाे  छ।

संक्रमित मध्ये हालसम्म ८ लाख ८ हजार ७ सयको मृत्यु भइसकेको छ।