अमेरिकाले विच्याटमा प्रतिवन्ध लगाए चीनले एप्पलका उत्पादनहरु प्रतिवन्ध लगाउने

होमल्याण्ड खबर

२०७७ भाद्र १२ गते, शुक्रबार १४:२२ मा प्रकाशित

काठमाडौँ । चीन–अमेरिका व्यापार द्धन्द्ध चलिरहेको बेला चीनले अमेरिकी कम्पनी एप्पलका उत्पादनहरुमा प्रतिवन्ध लगाउने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपतिले ‘विच्याट’ र  ‘टिकटक’ माथि प्रतिबन्ध लगाउने सार्वजनिक अभिव्यक्ति दिएको केही दिनपछि चीनले पनि एप्पलका उत्पादनहरु बहिस्कार गर्ने चेतावनी दिएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले ट्रवीट गर्दै अमेरिकाले विच्याटमाथि प्रतिबन्ध लगाए चिनियाँ नागरिकले एप्पलको उत्पादन बहिष्कार गर्ने बताएका हुन् ।

ट्रम्पले मध्य सेप्टेम्बरदेखि चिनियाँ एपहरु ‘विच्याट’ र ‘टिकटक’ माथि प्रतिबन्ध लगाउने बताएका थिए । चिनियाँ एपका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामा चुनौती थपिएको उनको दावी थियो । यी एपको स्वामित्व अमेरिकालाई बेच्नुपर्ने ट्रम्पको शर्त छ ।

चिनियाँ स्मार्टफोन बजारमा एप्पलको हिस्सा करिब आठ रहेको बताइन्छ । यता अमेरिकामा विच्याटका प्रयोगकर्ता ९० लाख रहेको तथ्यांक छ ।