हावामा कोरोना भए/नभएको पत्ता लगाउन रुसले बनायो डिभाइस

होमल्याण्ड खबर

२०७७ भाद्र १४ गते, आईतवार १३:३७ मा प्रकाशित

एजेन्सी। रुसले यस्तो डिभाइस (उपकरण)को विकास गरेको छ जसले अब हावामा कोरोना भाइरस छ या छैन भनेर पत्ता लगाउन सक्नेछ।  विश्वभर फैलिएको कोरोना हावाको माध्यमबाट पनि फैलिरहेको बताईदै आएको छ।

रुसले बनाएको उक्त उपकरणबाट अब हावामा कुनै ब्याक्टेरिया, विषाक्त पदार्थ वा भाइरस भए/नभएको पत्ता लाग्ने छ।यस उपकरणले कोरोना भाइरसको पहिचान गर्ने बताइएको छ।

हावामा भएका रोगहरु यस विशेष उपकरणले केही सेकेन्ड भित्रै पत्ता लगाउँने र सम्भावित खतरा बारे स्रोतलाई सूचना दिने काम गर्ने समाचारमा बताइएको छ।

शुक्रबार मस्को स्थ्ति सैन्य आद्योगिक मन्च २०२० मा केमेस्ट्रिी बायो नामक यो उपकरण सार्वजनिक गरिएको हो । जसलाई KMZ फ्याक्ट्रीले बनाएको हो।

यसको डेभलपर टिम रुसी सरकारी संस्था गामालेय इन्ष्टच्युटसँग सम्बन्धी रहेको बताइएको छ। यो त्यही संस्थान हो जसले विश्वमा पहिलो कोरोना खोप 9Sputnik V) बनाएको घोषणा गरेको छ। र उक्त भ्याक्सिनको उत्पादन समेत थालिएको छ।

खोप निर्माता कम्पनीका अनुसार यस डिभाइसले पहिलो चरणमा वरपरको हावाको नमूना संकलन गरेर १०-१५ सेकेण्डमै भाइरस वा विषाक्त ब्याक्टेरियाहरूबारे चेतावनी दिन्छ।