१० मंसिर २०८१, सोमबार
नयाँ दिल्ली । भारत–चीन सीमा क्षेत्रमा पुनः दुई देशका सैनिकबीच झडप भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पूर्वी लद्दाकको प्याङ्गोङ क्षेत्रमा दुई देशका सैनिकबीच आइतबार राति झडप भएको हो ।
भारत सरकारले सोमबार एक वक्तव्य जारी गर्दै सीमा क्षेत्रमा चिनियाँ पक्षबाट यसअघि भएको सम्झौता उल्लंघन भएको छ । चिनियाँ सेनाले सम्झौताको उल्लंघन गर्दै सीमा क्षेत्रमा उक्साउपूर्ण गतिविधि गरेको भारत सरकारले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
भारतीय सेनाको तर्फबाट प्रेस ब्यूरो अफ इन्डिया (पीबीआई)ले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘भारतीय सेनाले प्याङ्गोङ त्सो लेकमा चिनियाँ सैनिकको उक्साउपूर्ण कदमलाई रोकिदिएको छ । भारतीय सेना संवादका माध्यमबाट शान्ति कायम गर्ने पक्षमा छ । तर, यसका साथै आफ्नो क्षेत्रको अखन्डताको रक्षाका लागि पनि प्रतिवद्ध छ । विवादका सन्दर्भमा ब्रिगेड कमान्डरको स्तरमा वार्ता जारी छ ।’