चीनले बनाएको कोरोना विरुद्धको भ्याक्सिन ८ देशमा परीक्षण हुँदै

होमल्याण्ड खबर

२०७७ भाद्र २१ गते, आईतवार ०८:२३ मा प्रकाशित

काठमाडाैं । कोरोना भाइरस (कोभिड–१९) रोकथाम गर्न चीनले बनाएको खोप परीक्षणका लागि ८ देशले अनुमति दिएका छन्।

संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टीना र जोर्डनमा यसअघि नै चीनले बनाएको खोप परीक्षण सुरु भइसकेको छ।

सर्बिया र पाकिस्तानले तेस्रो चरणमा क्लिनिकल ट्रायल गर्न अनुमति दिइसकेका छन्।

चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोविक बायोटिक लिमिटेडले संयुक्त रुपमा कोरोनाविरुद्धको खोप बनाएका छन्।

​सर्बियामा सीएनबीजीले र पाकिस्तानमा बेइजिङ युनिटले तयार पारेको भ्याक्सिन परीक्षण गर्न लागिएको बीबीसीमा उल्लेख छ।

सीएनबीजीले तयार पारेको खोपको फेज थ्री ट्रायलमा १० देशका करिब ५० हजार मानिस सहभागी हुने आंकलन गरिएको छ।