१० मंसिर २०८१, सोमबार
एजेन्सी । केही मिनेटभित्रै कोभिड–१९ सङ्क्रमण पुष्टयाउने प्रविधिको विकास भएको छ । न्यून र मध्यम आय भएका राष्ट्रमा सङ्क्रमित पत्ता लगाएर कोभिडविरुद्धको लडाइँमा क्षमता बिस्तार गर्न नाटकीय परिवर्तन आउने विश्व स्वास्थ्य संगठनले दाबी गरेको छ ।
स्वास्थ्य सामग्री र पूर्बाधारको अभाव तथा प्रयोगशाला व्यवस्थित नभएका राष्ट्रमा उक्त प्रबिधिको प्रयोग गरी कोभिड–१९ को सङ्क्रमण पत्ता लगाउन सहज हुने संगठनले जनाएको छ । उत्पादकसँगको सहमतिमा आगामी छ महिनाभित्र कम्तीमा १२ करोड परीक्षण गरिने विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ ।
स्वाबका लागि नमूना दिएपछि परिणाम जानकारी पाउन लामो समय पर्खिदा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा राख्न न्यून र मध्यम आय भएका राष्ट्रले ठूलो चुनौतीको सामना गर्नुपरेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा। टेड्रस अदनोम गेब्रेससले १५ देखि ३० मिनेटभित्र उक्त प्रबिधिले सङ्क्रमणको अवस्था निक्र्योल गर्ने बताए ।
बीबीसीका अनुसार डा. गेब्रेससले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनसँगको सहकार्यमा अबोट्ट र एसडी बायोसेन्सरले १२ करोड ब्यक्तिमा परीक्षण गर्न सकिने गरी किट उत्पादन गर्ने सहमति गरेको जानकारी दिए । उक्त सम्झौतामा करिब १३३ राष्ट्रका लागि आपूर्ति गरिने उल्लेख गरिएको छ ।