१० मंसिर २०८१, सोमबार
काठमाडौंः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर इन्जेक्सनलाई तत्काल रोक्न आग्रह गरेको छ ।
कोरोनाको उपचारमा यसको प्रभावकारीताबारे कुनै प्रमाण नभएकोले तत्काल रोक्न आग्रह गरेको डब्ल्यूएचओले जनाएको छ ।
बिहिबार जारी बयानमा डब्ल्यूएचओले भन्यो, ‘हाम्रो गाइडलाइन कमेटीले यदि रेमडेसिविर अस्पतालमा उपचारका लागि प्रयोग भइरहेको छ भने यसलाई तत्काल बन्द गर्नुपर्छ । हामीले यसको कुनै पनि प्रमाण भेटेका छैनौं सक कोभिड बिरामीको उपचारमा यो उपचार प्रभावकारी छ । ’
वर्ल्डोमिटर्सका अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ७२ हजार ३९ हजार ९६४ पुगेको छ । संक्रमितमध्ये १३ लाख ६५ हजार ६९५ जनाको मृत्यु भएको छ भने हाल १ करोड ६१ लाख ३९ हजार ३२७ जना संक्रिय संक्रमित रहेका छन् ।