१७ श्रावण २०८३, आईतवार
काठमाडौं । इरानका मुख्य परमाणु वैज्ञानिक सहित उनका ६ साथीको हत्या भएको छ।
शुक्रबार अबेर साँझ राजधानी तेहरानमा इरानी परमाणु कार्यक्रमका मुख्य वैज्ञानिक मोहसिन फखरीजादेह सहित अन्य ६ जनाको गोली हानी हत्या गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।


इरानी अधिकारीहरुले यो हत्यामा इजरायलको हात रहेको आरोप लगाएका छन्।
उनी इरानका लागि महत्वपूर्ण वैज्ञानिक थिए। गोली प्रहार पछि घाइते भएका उनको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।
इरानका विदेशमन्त्री जवाद जरीफले यो हत्या आतंकवादीले गरेको प्रतिक्रिया दिएका छन्।

मोहसिनलाई इरानको परमाणु कार्यक्रमको मुख्य वैज्ञानिक मानिन्थ्यो।
पश्चिमा देशहरुले मोहसिनकै नेतृत्वमा इरानमा खुफिया रुपमा परमाणु कार्यक्रम भएको विश्वास गर्छन्।
यो सँगै इरानले वरिष्ठ सैन्य कमाण्डर कासिम सुलेमानी पछि अर्काे महत्वपूर्ण व्यक्ती गुमाएको छ।
सुलेमानीलाई यसै बर्षको सुरुमा इरानको राजधानी बग्दादमा रहेका बेला अमेरिकाले ड्रोन हमला गरि मारेको थियो।