१० मंसिर २०८१, सोमबार
काठमाडौं: अमेरिकामा भर्खरै सम्पन्न राष्ट्रपति निर्वाचनमा हार व्यहोरेका डोनाल्ड ट्रम्पले आफ्ना समर्थकमाझ २०२४ मा आफू पुनः चुनाव लड्ने बताएका छन्।
ह्वाइट हाउसमा भेला भएको भीडमाझ उनले भने, ‘‘मैले अद्भूत चार वर्ष बिताएँ। मैले थप चार वर्ष काम गर्ने विचार गरेको हो। अन्यथा, अब पुनः चार वर्षपछि तपाईंहरूसँग हुनेछु।’’
उनले ह्वाइट हाउसमा आफ्नो राजनीतिक इच्छा प्रकट गरिरहँदा रिपब्लिकन नेसनल कमिटीका सदस्य पनि सहभागी थिए। भीड मास्कबिनै त्यहाँ जम्मा भएको थियो।
ट्रम्पको यो टिप्पणीले उनले निर्वाचनमा हारेको स्वीकार गरेको देखाउँछ। यसले उनी २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा पुनः होमिन चाहेको स्पष्ट पनि पार्छ। उनलाई पद छाड्न पर्नुका पीडा पनि छ र पुनःनिर्वाचनमा लड्ने लोभ पनि छ।