१० मंसिर २०८१, सोमबार
एजेन्सी: शनिबार अपरान्ह उड्नासाथ वेपत्ता भएको श्रीविजय एयरको बोइङ ७३७ को दुर्घटनास्थल पत्ता लागेको छ ।
इन्डोनेसियाको राजधानी जाकार्ताबाट ड्नासाथ वेपत्ता भएको सो विमान उडे लगत्तै समुन्द्रमा खसेको त्यहाँका सरकारी अधिकारीले बताएका छन् ।
विमानमा चालक दलका सदस्यसहित कुल ६२ जना सवार थिए । जहाज कालिमान्तान प्रान्तस्थित पोन्टिआनक जानका लागि उडेको थियो ।
जहाजका केही अवशेष र लासहरु समेत दुर्घटनास्थलमा देखिएको सरकारी अधिकारीहरुले बताएका छन् ।