१० मंसिर २०८१, सोमबार
मलेसियामा ६ महिनाका लागि संकटकाल घोषणा गरिएको छ ।
कोरोना भाइरस संक्रमितको संख्या बढेपछि प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा मलेसियाका सम्राट (राजा) अल सुल्तान अब्दुल्लाले देशमा संकटकाल घोषणा गरेर संसद् निलम्बनसमेत गरेका छन् ।
कोरोना भाइरस संक्रमितको संख्या बढेपछि प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अब्दुल्लाले संकटकालको घोषणा गरेका हुन् ।
अहिले ६ महिनाका लागि संकटकाल लगाइएको भए पनि कोरोनाको महामारीकोअवस्था हेरेर त्यसभन्दा अगाडि नै संकटकाल हट्न सक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मलेसियाको कानुनअनुसार संकटकाल घोषणा भएपछि त्यहाँको संसद् स्वतः निलम्बन हुन्छ । प्रधानमन्त्रीको सिफारिसमा मलेसियाका राजाले संकटकाल घोषणा गरेपछि सरकार सञ्चालनको सबै अधिकार प्रधानमन्त्रीमा गएको छ ।