१० मंसिर २०८१, सोमबार
भारतकाे जलपाइगुडीमा भएकाे दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार राति पश्चिम बंगालकाे जलपाइगुडी जिल्लाको धुपगुरी सहरमा टिपरले केही गाडीलाई ठक्कर दिँदा १३ जनाकाे मृत्यु भएकाे हाे ।
दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् । बाक्लो हुस्सुका कारण चालकले बाटो नदेख्दा दुर्घटना भएको अनुमान गरिएकाे छ ।
घाइते भएकाहरूमध्ये ४ जनाकाे जलपाइगुडी सुपरस्पेसियालिटी हस्पिटलमा उपचार भइरहेकाे छ भने ३ जनाकाे उत्तर बंगाल मेडिकल कलेज र १ जनाकाे जलपाइगुडी सदर अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । अन्य घाइतेकाे अवस्था सामान्य रहेकाे र उनीहरू प्राथमिक उपचारपछि घर फर्किएकाे जनाइएकाे छ ।
यसअघि साेमबार राति गुजरातमा फुटपाथमा सुतिरहेका मजदुरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको थियो भने ५ जना गम्भीर घाइते भएका थिए ।