१० मंसिर २०८१, सोमबार
कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको पुनेस्थित मन्ज्री क्षेत्रमा रहेको सेरम इन्स्टिच्युट अफ इण्डियाको उद्योगमा आगलागी भएको छ ।
भवनको चौथो र पाँचौँ तलमा आगलागी भएको इन्स्टिच्युटका सम्बन्धित अधिकारीलाई उदृत गदै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
इन्स्टिच्युटमा लागेको आगो निभाउन अहिले १० वटा दमकल त्यहाँ पुुगेको बीबीसीले जनाएको छ।
सेरम इन्स्टिच्युट अफ इण्डियाले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना खोप कोभिशिल्ड तयार गरिरहेको छ ।