विश्वभर संक्रमितको संख्या १० करोड २० लाख नाघ्यो, २१ लाख ९९ हजार बढीको मृत्यु

होमल्याण्ड खबर

२०७७ माघ १६ गते, शुक्रबार ११:३२ मा प्रकाशित

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १० करोड २० लाख नाघेको छ । वल्र्डोमिटर्सका अनुसार विहीबार (आज) विहानसम्म विश्वभर कोरोना संक्रमितहरुको संख्या १० करोड २० लाख ०२ हजार ००६ पुगेको हो ।

त्यस्तै, हालसम्म विश्वमा २१ लाख ९९ हजार ०९९ संक्रमितहरुको मृत्यु भइसकेको छ । यसैबीच ७ करोड ३८ लाख ४१ हजार १७७ जना संक्रमितहरु डिस्चार्ज भइसकेका छन् । हाल विश्वमा २ करोड ५९ लाख ५९ हजार २५२ वटा कोरोनाका सक्रिय केसहरु रहेका छन्, भने ७ करोड ६० लाख ४३ हजार ७५४ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन् ।

विश्वमै कोरोना संक्रमणका कारण सबै भन्दा बढी अमेरिका प्रभावित बनेको छ । जहाँ संक्रमितहरुको संख्या २ करोड ६३ लाख ३६ हजार ५२७ पुगेको छ । जसमध्ये ४ लाख ४३ हजार ७४८ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने १ करोड ६० लाख ६९ हजार ७४९ जना संक्रमितहरु डिस्चार्ज भइसकेका छन् ।

त्यस्तै, दोस्रो सबै भन्दा बढी प्रभावित देश छिमेकी राष्ट्र भारत हो, जहाँ संक्रमितको संख्या १ करोड ७ लाख २० हजार ९७१ पुगेको छ, भने १ लाख ५४ हजार ०४७ संक्रमितहरुको मृत्यु भइसकेको छ । त्यस्तै, १ करोड ३ लाख ९३ हजार १६२ संक्रमितहरु निको भइसकेका छन् ।

तेस्रो बढी प्रभावित देश ब्राजिल हो, जहाँ संक्रमितको संख्या ९० लाख ६० हजार ७८६ पुगेको छ । यसैबीच २ लाख २१ हजार ६७६ संक्रमितहरुको मृत्यु भइसकेको छ, भने ७९ लाख २३ हजार ७९४ संक्रमितहरु निको भइसकेका छन् ।

चौथो बढी प्रभावित देश रसिया हो, जहाँ संक्रमितको संख्या ३७ लाख ७४ हजार ६७२ पुगेको छ । यसैबीच ७१ हजार ०७६ को मृत्यु भइसकेको छ, भने ३२ लाख ९३ हजार ८१० संक्रमितहरु निको भइसकेका छन् ।

विश्वनै आक्रान्त बनाएको कोरोना संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ । जसमध्ये २ हजार २० संक्रमितको मृत्यु भइसकेको छ, भने २ लाख ६५ हजार ३६५ संक्रमितहरु निको भइसकेका छन् ।