१० मंसिर २०८१, सोमबार
कंगोमा भएको डुंगा दुर्घटनामा कम्तिमा ६० जनाको मृत्यु भएको छ । कांगोको माइ नोम्बे प्रान्तको लङगोला नजिकै भएको दुर्घटनामा करिव एकसय जना हराइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
कांगोका मानवीय सहायता कार्यमन्त्री स्टीव एमबिकायरले डुंगा दुर्घटनामा कम्तिमा ६० जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले रातको समयमा दुर्घटना भएकाले मृतकको संख्या बढ्न सक्ने जनाएका छन् ।
दुर्घटनामा परेका तीनसयभन्दा बढीलाई उद्दारकर्ताहरुले उद्दार गरेका थिए । डुंगामा करिव सात सय जना सवार रहेको बताइएको छ । क्षमताभन्दा बढी यात्रु र भारका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।
सन् २०१० को जुलाइमा कंगोको बुण्डुम पश्चिमी क्षेत्रमा डुंगा दुर्घटना हुँदा एक सय ३५ जनाको मृत्यु भएको थियो ।