१० मंसिर २०८१, सोमबार
बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक) को मन्त्रीस्तरीय बैठक आज बस्दैछ। बैठक दिउँसा ३ बजे भर्चुअल रुपमा बस्नेछ ।
बिमस्टेक बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेतृत्व गर्नेछन् । उनीसँगै अन्य मन्त्रालयका मन्त्री तथा उच्च अधिकारीहरुले भाग लिनेछन् ।
मन्त्रीस्तरीय बैठक श्रीलंकाले आयोजना गर्नेछ भने मन्त्रीस्तरीय बैठकको एजेन्डा तथा संयुक्त वक्तव्यमा सम्बोधन हुने छ । ती बारेमा बुधवार बिमस्टेक सदस्य राष्ट्रका उच्चाधिकारीको सहभागिता रहेको तयारी बैठकले विषयवस्तुसमेत तय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आजको बैठकबाट संस्थागत समृद्धि, बिमस्टेक अन्तर्गत सहयोगी क्षेत्र र त्यसलाई सुलभ बनाउने उपाय, बिमस्टेकको बडापत्र, बिमस्टेकको बृहत् योजनालगायतका कानुनी कागजातलाई अन्तिम रूप दिने कामलाई अगाडि बढाउन आवश्यक तयारी गरेको छ ।
सन् २०१८ मा भएको बिमस्टेक शिखर सम्मेलनले बंगाल क्षेत्रका देशमा शान्ति र सामूहिक सहकार्यलाई जोड दिएको थियो । तर अहिले विश्वको ध्यान खिचिरहेको म्यानमारको विषय सूचीमा नै राखिएको छैन ।
म्यानमानर पनि बिमस्टेकको सदस्य राष्ट्र हो ।पछिल्लो समय म्यानमारमा बढिरहेको हत्या र अशान्तिको विषयले यस बैठकम प्राथमिकता पाउने अपेक्षा गरिए पनि छलफलमा प्रवेश नै नपाउने भएको छ ।
नेपालसहित बंगलादेश, भुटान, भारत, श्रीलंका, म्यानमार र थाइल्यान्ड बिमस्टेकका सदस्य राष्ट्र हुन् ।