१० मंसिर २०८१, सोमबार
भारतमा काेराेना संक्रमणकाे दास्राे लहर चलेकाे छ । काेराेना संक्रमितकाे संख्या तिब्र गतिमा बढ्दै गएकाे छ । पहिलो पटक कोरोना भाइरसबाट पिडित हुनेहरुको सँख्या एक दिनमा एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १ लाख ३५ हजार ५ सय ८८ जना कोरोनाबाट संक्रमित भएको पाईएको छ । भारतमा हालसम्म पिडित हुनेको सँख्या १ करोड २५ लाख ८९ हजार ६७ जना पुगेको छ ।
भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा भेटिएको छ। सुरुदेखि हालसम्म त्यहाँ ३० लाखभन्दा बढी संक्रमित भएका छन् । गत २४ घण्टामा भारतीय राज्यहरुमा सबैभन्दा बढी महाराष्ट्रमा ५७ हजार ५७ जना संक्रमित पाईएको छ ।
भारतको वित्तिय राजधानी मुम्बईमा पनि एकैदिनमा ११ हजार १ सय ६३ नयाँ संक्रमित भेटिएका छन। यो शहरमा हालसम्म ४ लाख ५२ हजार ४ सय ४५ जना संक्रमित भैसकेका छन् ।