भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

होमल्याण्ड खबर

२०७८ बैशाख १५ गते, बुधबार ११:१४ मा प्रकाशित

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख १ हजार १६५ जना रहेको छ । भारतमा हिजो एकै दिन तीन हजार भन्दा बढिको मृत्यु भएको थियो । हिजो मात्रै ३ हजार २८६ जनाको मृत्यु भएको हो ।

कोरोना भाइरसको दोस्रो लहरबाट विश्वमा सबैभन्दा बढी भारत प्रभावित भएको छ । भारतमा पछिल्लो दुई हप्तामा मात्रै २० लाख भन्दा बढी संक्रमित थपिएका छन् ।

भारतमा अहिले कोरोना संक्रमितको संख्या १ करोड ७९ लाख ८८ हजार ६३७ पुगेको छ । जसमध्ये १ करोड ४८ लाख ७ हजार ७०४ जना कोरोना मुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २९ लाख ७९ हजार ७६८ रहेको छ ।

भारतका अस्पतालमा विरामीहरुका लागि आइसीयू, भेन्टिलेटर बेड, अक्सिजनका साथै औषधीको समेत अभाव भएको जनाइएको छ ।