भारतमा संक्रमण घट्दो क्रममा

होमल्याण्ड खबर

२०७८ जेष्ठ ९ गते, आईतवार १२:१४ मा प्रकाशित

भारतमा पछिल्लो केही दिनयता संक्रमण घट्दो क्रममा देखिएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ४० हजार ८ सय ४२ जना नयाँ संक्रमित थपिएका छन्।

सो अवधिमा कोभिड–१९ बाट तीन हजार ७ सय ४१ जनाको ज्यान गएको छ। भारतमा कुल संक्रमितको संख्या २ करोड ३४ लाख २५ हजार भन्दा बढि पुग्दा कोभिड–१९ बाट २ लाख ९९ हजार २ सय ६६ जनाको ज्यान गएको छ।
सक्रिय संक्रमितको संख्या भने क्रमिक रुपमा घट्दै गएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार अहिले २८ लाख ५ हजार भन्दा धेरै सक्रिय संक्रमित छन्। अहिलेसम्म १९ करोड ५० लाख चार हजार भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्।