विश्वमा कोरोना संक्रमितको संख्या १८ करोड ११ लाख नाघ्यो

होमल्याण्ड खबर

२०७८ असार १२ गते, शनिबार ०९:५८ मा प्रकाशित

विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ करोड ११ लाख नाघेको छ । वल्र्डो मिटरको पछिल्लो तथ्यांकअनुसार हालसम्म विश्वमा १८ करोड ११ लाख ६२ हजार ६१६ जना संक्रमित भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ३९ लाख २४ हजार ५५० पुगेको छ भने १६ करोड ५७ लाख ४९ हजार ७७२ जना कोरोना मुक्त भएका छन् ।

विश्वमा अहिले सक्रिय संक्रमितको संख्या १ करोड १४ लाख ८८ हजार २९४ रहेको छ । जसमध्ये ८० हजार ५१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । जुन सक्रिय संक्रमित दरको शून्य दशमलव ७ प्रतिशत हो ।

विश्वमा कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिका प्रभावित बनेको छ । अमेरिकामा हालसम्म ३ करोड ४४ लाख ८२ हजार ७५ जनाका संक्रमण भएको छ । जसमध्ये ६ लाख १९ हजार १४४ जनाको मृत्यु भएको छ भने २ करोड ८८ लाख ९६ हजार ७४१ जना कोरोना मुक्त भएका छन् ।

यस्तै मृत्युका हिसावले तेस्रो रहे पनि संक्रमणका हिसावले दोस्रो स्थानमा रहेको भारतमा ३ करोड १ लाख ८२ हजार ४६९ जना संक्रमित भएका छन् । संक्रमणबाट ३ लाख ०४ हजार ५२४ जनाको मृत्यु भएको छ भने २ करोड ९१ लाख ८५ हजार ५५९ जना संक्रमण मुक्त भएका छन् ।

यसैगरी ब्राजिलमा जम्मा संक्रमितको संख्या १ करोड ८३ लाख २२ हजार ७६० पुगेको छ भने १ कारेड ६५ लाख ४८ हजार १५९ जना निको भएका छन् । संक्रमितमध्ये ५ लाख ११ हजार २७२ जनाको मृत्यु भएको ।

यता नेपालमा भने संक्रमितको संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ । यस्तै ५ लाख ७६ हजार ४१३ जना निको हुँदा ८ हजार ९४५ जनाको मृत्यु भएको छ ।