१० मंसिर २०८१, सोमबार
चीनको हुबई प्रान्तका पाँच शहरमा ‘रेड अलर्ट’ घोषणा गरिएको छ। लगातारको वर्षासँगै आएको बाढीपहिरोबाट जनजीवन प्रभावित भएपछि प्रान्तमा ‘रेड अलर्ट’ जारी गरिएको हो।
बाढीपहिरोका कारण हालसम्म २१ जनाको मृत्यु भइसकेको छ भने ६ हजार भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ।
सिन्ह्वाका अनुसार बाढीका कारण २ हजार ७०० भन्दा बढी घरमा क्षति पुगेको छ भने संचार, विद्युत र सडक संजालमा समेत प्रभावित भएको छ। घरको दोस्रो तल्लासम्म पानीले डुबेको बताइएको छ।
बाढी प्रभावितको उद्धारका लागि टोली परिचालन गरिएको छ।