१० मंसिर २०८१, सोमबार
अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले भारतसँग व्यापार बन्द गरेको छ । तालिबानले सीमापारिको व्यापार बन्द गरेपछि भारतसँगको व्यापार पनि बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भारत र अफगानिस्तान दुवै देशको मालवाहक गाडीहरु पाकिस्तान हुँदै आवतजावत गर्ने गर्थे ।
फेडेरेशन अफ इन्डियन एक्सपोर्ट अर्गनाइजेशन (एफआईईओ) ले तालिबानले गाडीको आवतजावत रोकिदिएको जानकारी दिएको छ । मालवाहक गाडी आवतजावत बन्द गरेपछि लाखौँ डलरको सामानको आयात–निर्यात रोकिने भएको छ । भारतका लागि फगानिस्तानसँगको व्यापार सबैभन्दा ठूलो सहयोगी मानिन्छ । भारतले अफगानिस्तानमा ड्याम, स्कुल र सडकको विकासका लागि लाखौँ अमेरिकी डलर खर्च गरेको छ ।