१० मंसिर २०८१, सोमबार
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्ध लड्न तेस्रो डोज खोप लिने भएका छन् । बाइडेनसँगै उनकी पत्नी एवं प्रथम महिला जिल बाइडेनले पनि तेस्रो डोज लिने भएकी छिन् । उनले एबीसी न्यूजसँगको कुराकानीमा आफूहरु ‘बुस्टर शट’ लिन जान लागेको बताएका हुन् ।
उनले आगामी सेप्टेम्बर २० तारिखदेखि भ्याक्सिनको बुस्टर डोज पाइने बताएका छन् । बुस्टर डोजका लागि स्वीकृति लिने प्रक्रियामा अमेरिका रहेको छ । हाल उक्त कदम स्वीकृतिका लागि खाद्य एवं औषधि प्रशाधन (एफडीए) मा पेन्डिङमा रहेको छ । बाइडेनले बुस्टर डोज सबैका लागि निःशुल्क दिइने छ । उनका अनुसार बुस्टर डोज दोस्रो डोज लगाएको आठ महिना पुगेकालाई लगाइने छ ।