१० मंसिर २०८१, सोमबार
विभिन्न देशहरूले अफगानिस्तानको काबुल विमानस्थल आतंकवादी आक्रमणको उच्च जोखिम रहेको जनाएका छन । अमेरिका, बेलायत र अष्ट्रेलियाले आफ्ना नागरिकलाई सुरक्षा सतर्कता अपनाउन चेतावनी जारी गरेका छन । ती देशहरूले विमानस्थलबाहिर रहेका आफ्ना नागरिकलाई उक्त स्थान तत्काल छोड्न सुझाव दिइसकेका छन ।
अफगानिस्तान छोड्न काबुल विमानस्थलभित्र र बाहिर हजारौँ मानिसले प्रतीक्षा गरिरहेका छन । तालिबानले सत्ताकब्जा गरेपछि अहिलेसम्म ८२ हजारभन्दा धेरै मानिसलाई उद्धार गरिएको छ ।
अमेरिकी विदेश मन्त्रालयले तत्काल विमानस्थल छोड्न बुधबार अर्लट जारी गरेको हो । यस्तै, बेलायतले पनि तत्काल सुरक्षित स्थानमा जान आफ्ना नागरिकलाई आग्रह गरेको छ ।