टर्कीले अफगानिस्तानबाट आफ्नो सैनिक फिर्ता बोलायो

होमल्याण्ड खबर

२०७८ भाद्र १० गते, बिहीबार १४:१८ मा प्रकाशित

टर्कीले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता बोलाउन सुरु गरेको घोषणा गरेको छ । नेटोको हिस्साको रुपमा अफगानिस्तानमा टर्कीका ५०० भन्दा बढी सैनिक तैनाथ थिए ।

यसअघि काबुल विमानस्थल चलाउनका लागि ३१ अगस्टपछि टर्कीको सैन्य उपस्थिति रहने अनुमान लगाइएको थियो । समाचार एजेन्सी एएफपीका अनुसार टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले बुधबार अफगानिस्तानमा स्थिरताको आवश्यकता भएको बताएका छन् । उनका अनुसार टर्की यो लक्ष्य हासिल गर्नका लागि फगानिस्तानमा सबै पक्षसँग निकट छलफल जारी राख्नेछ ।एजेन्सी