८ मंसिर २०८१, शनिबार
रमेश काफ्ले सिइओ
क्लासिक इन्डस्ट्रिज प्र.लि.
नेपालमा म्याट्रेस प्रयोगको अवस्था कस्तो देखिन्छ ?
सुरुवाती समयमा म्याट्रेस उच्च वर्गका व्यक्तिहरुले प्रयोग गर्ने मान्यता रहे पनि हाल सबै वर्गमा लोकप्रिय भएको छ । यसरी सबै बर्गले उपभोग गर्न थालेको व्यक्तिहरुको रोजाइ म्याट्रेस नै बन्न पुगेको छ । हाल काठमाडौँसहित पोखरा, भरतपुर, विराटनगरलगायत ठूला सहरहरुमा बढी क्लासिक का म्याट्रेस बिक्री भइरहेको र विस्तारै ग्रामीण भेगमा समेत यसको माग बढ्न थालेको छ । वर्षेनी क्लासिकको म्याट्रेस २५ देखि ३० प्रतिशतले वृद्धि हुँदै गएको हाम्रो अनुमान छ ।
बजारमा पाइने म्याट्रेसहरु गुणस्तरहीन हुने गरेको उपभोक्ताको गुनासो छ नि ?
बजारमा पाइने अन्य म्याट्रेसको तुलनामा क्लासिकको म्याट्रेसहरु गुणस्तरीय रहेका छन् । भारत, चीनलगायतका मुलुकबाट नेपाल ल्याई बिक्री गरिएका म्याट्रेसहरु टिकाउ नहुने र यिनीहरुको बिक्रेतासमेत परिवर्तन भइरहने कारण ग्राहक आजित हुने गरेका छन् । भुक्तभोगीहरुको अनुभव हामीले पनि सुनेका छौं । यसकारण पनि हामीले नेपालमै उत्पादन गरिएका क्लासिकका म्याट्रेसहरुलाई प्राथमिकता दिएका हौं । क्लासिकले ग्राहकको ध्यान तानेको छ ।
तपाई संलग्न क्लासिक इन्डस्ट्रिज प्र.लि.पनि पहिले त विदेशबाटै सामान ल्याएर विक्री गथ्र्यो क्यार ?
हो हामीले गरेका हौ । तर हाम्रो कारोबारामा ग्यारेन्टी थियो र अहिले पनि छ । विभिन्न अन्तराष्ट्रिय ब्राण्डको म्याट्रेस तथा अन्य बेड आइटमहरु बिक्री गर्दै आएका थियों । हाल यस कम्पनीले आफ्नै उत्पादन गरी बिक्री गरेको छ । यस अधि उद्योगले अमेरिकन तथा युरोपियन ब्राण्डका म्याट्रेस नेपालमा बिक्री गर्दै आएको थियो ।
हाल तपाईहरुको उत्पादन के कस्ता छन् ?
हाल उद्योगले बेड कभर, कोइर म्याट्रेस, फाइवर क्विइल्ट, क्लासिक फाइवर पिलो, कुशन, म्याट्रेस प्रोटेक्टर लगायतका बेड आइटम उत्पादन गरेको छ । कम्पनीले क्लासिकब्राण्डको अन्य बेड आइटम बजारमा बिक्री गर्दै आएको छ । बारास्थित सिमरामा रहेको उद्योगबाट बढीमा १२ इञ्चसम्मको बाक्लो र कम्तिमा अनुरोध अनुसार ४ इञ्चसम्मका म्याट्रेस उत्पादन गरी बिक्री गर्दै आएका छौं । ग्राहकको मागअनुसारका आकारमा उद्योगले म्याट्रेस लगायत अन्य बेड आइटमको उत्पादन गरेको छ ।
म्याट्रेस प्रयोग गरी अर्थोपेडिक समस्या भएका गुनासो पनि धेरै सुन्ने गरिन्छ, यस्तो किन हुन्छ ?
पि–फोम भनिने हानीकरक केमिकलको प्रयोग गरिएका कारण यस्ता अर्थोपेडिक समस्या आउने गरेको हो । ध्यान दिनु पर्ने कुरा अर्थोपेडिक समस्या भएकाहरुका लागि नरिवलको जट्टा प्रयोग गरी म्याट्रेस प्रयोग गर्नु पर्दछ । हामीले नरिवलको जट्टा प्रयोग गर्ने हुनाले बढी स्वास्थ्यबद्र्धक हुने दावी गर्दछौं ।
तपाइको पत्रिका मार्फत स्पष्ट पार्न चाहन्छौ अनुसन्धानबाट समेत प्रमाणित भइसकेको छ कि यो उपचारात्मक म्याट्रेस हो । यसका लागि हामीले स्पाइन क्वुयर म्याट्रेस नामको बजारमा ल्याएका छौं । तर केही म्याट्रेसहरु बाहिर मात्र नरिवलको जट्टा प्रयोग गरी सस्तोमा बिक्री वितरण भइरहेका यस्ता म्याट्रेसहरु र क्लासिकका तुलनामा गुणस्तरहीन छन् ।
क्लासिकले नेपालमै कार्पेट उत्पादन गरी बजारमा ल्याउने बारे के सोच छ ?
क्लासिकले नेपालमै अत्याधुनिक मेसिनको प्रयोगबाट नन–ओभन कार्पेटको उत्पादन गर्नेछ । क्लासिक फ्लोरिङ कार्पेटलाई बजारको मागअनुसार विभिन्न रङहरुमा उपलब्ध गराउने छ । उद्योगले विदेशी कार्र्पेटलाई विस्थापित गर्न खोजेको छ । नेपालमा फ्लोरिङ उत्पादन गर्ने उद्योगहरु ज्यादै कम रहेको अवस्थामा क्लासिकको उत्पादनले ग्राहकहरुलाई छनोटको अवसर दिने छ । विदेशबाट आयातित कार्पेट न्युन गुणस्तरको हुने नेपालमा उच्च गुणस्तरका कार्पेट उत्पादन गर्ने साच रहेको छ । क्लासिक उद्योगले उत्पादन गरेको कार्पेट होटल, घर, अफिस लगायत विशेष समारोह, पार्टी आदिमा प्रयोग गर्न सकिनेछ .