फेसबुक डाउन हुँदा मार्क जुकरबर्गको ७ खर्ब डुब्यो, अर्बपतीको सूचीबाट ओर्लिए

होमल्याण्ड खबर

२०७८ आश्विन १९ गते, मंगलवार १०:५१ मा प्रकाशित

फेसबुक डाउन हुँदा यसका सह–संस्थापक तथा मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गलाई व्यक्तिगत रुपमा भारी नोक्सानी पुगेको छ । केही घण्टाभित्रै उनको कूल सम्पत्तिमा ६ बिलियन डलर(७ खर्ब नेपाली रुपैयाँ) को गिरावट आएको छ । यससँगै उनी अर्बपतिको सूचीबाट दुई स्थान लत झरेका छन् ।

स्मरण रहोस्, नेपाली समयानुसार सोमबार राती करिब १० बजेतिर संसारभरी फेसबुकका सबै सेवा डाउन भएको थियो । फेसबुकका विभिन्न सेवाका साथै इन्स्टाग्राम, ह्वाट्सएप, अमेरिकी टेलिकम कम्पनी जस्तै भेरिजोन,At&t र टी मोबाइलको सेवा घण्टौंसम्म ठप्प रह्यो । एजेन्सी