अमेरिकालाई उछिन्दै चीन बन्यो विश्वकै धनि राष्ट्र

होमल्याण्ड खबर

२०७८ मंसिर २ गते, बिहीबार ०८:२५ मा प्रकाशित

पछिल्लो समय अमेरिकालाई उछिनेर चीन शक्तिशाली राष्ट्र भएको छ। पछिल्ला दुई दशकमा विश्वको सम्पति तीन गुणाले बढेको पाइएको छ भने तीनले त्यसको एक तिहाई प्रतिशत हिस्सेदारी लिएको छ।
परामर्शदाता म्याकिन्से एण्ड कम्पनीको अनुसन्धान शाखाको नयाँ प्रतिवेदन अनुसार विगत दुई दशकमा विश्वव्यापी सम्पत्ति तीन गुणा बढेकोले चीन अमेरिकालाई उछिन्दै विश्वको सबैभन्दा धनी राष्ट्र बनेको छ।

विश्व आम्दानीको ६० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्ने १० देशको राष्ट्रिय वासलातको अध्ययन गरी प्रतिवेदन तयार पारिएको हो। ब्लूमबर्ग टिभीसँगको अन्तर्वार्तामा, ज्यूरिखको म्याकिन्से ग्लोबल इन्स्टिच्युटका साझेदार जान मिश्केले भने, ‘हामी अहिले पहिले भन्दा धेरै धनी छौं।’ ब्लूमबर्गकाे समाचार उदृत गर्दै इण्डिया टुडेले उक्त खबर प्रकाशित गरेकाे हाे।

म्याकिन्से एण्ड कम्पनीद्वारा गरिएको अनुसन्धानका अनुसार सन् २०२० मा विश्वको कुल सम्पत्ति ५१४ ट्रिलियन डलर पुगेको छ, जुन सन् २००० मा १ सय ५६ ट्रिलियन डलर थियो।

सन् २००० मा मात्रै ७ ट्रिलियन डलरबाट सन् २०२० मा चीनको सम्पत्ति १२० ट्रिलियन डलर पुगेको छ। यो २० वर्षमा ११३ ट्रिलियन डलरको उछाल हो, जसले राष्ट्रलाई नेटवर्थको हिसाबले संयुक्त राज्य अमेरिकालाई उछिनेको छ।

सोही अवधिमा अमेरिकाले आफ्नो नेटवर्थ दोब्बरभन्दा बढी ९० ट्रिलियन डलर देख्यो। तर, सम्पत्तिको मूल्यमा भएको मौन वृद्धिका कारण राष्ट्रले चीनलाई हराउन सकेन ।