म्यान्मारमा संकट : नेतृ सुकीलाई चार वर्ष जेल सजाय

होमल्याण्ड खबर

२०७८ मंसिर २० गते, सोमबार १३:०० मा प्रकाशित

एजेन्सी, म्यान्मारमा सैन्य ‘कु’ पछि संकट अझ गहिरिएको छ। प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई म्यान्मारको अदालतले चार वर्ष जेल सजाय तोकेको छ । उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन । उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेको कोभिड नियम उल्ल‌ंघन गरेका अभियोग लगाइएको थियो ।

यसबाहेक उनीविरुद्ध ११ आरोप लगाइएको छ। सुकीले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छिन ।

फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन्। निर्वाचनमा व्यापक धाँधली गरेको सेनाले आरोप लगाउँदै आएको छ ।