९ मंसिर २०८१, आईतवार
घानामा सांसदहरुबीच मुक्का हानाहान भएको छ । विद्युतीय कारोबारमा कर लगाउने विषयमा सरकारको प्रस्तावपछि प्रस्तावका समर्थक र विपक्षी सांसदहरुबीच मुक्का हानाहान भएको हो ।
प्रस्तावका पक्षमा मतदानका लागि उठेका उपसभामुख जोसेप ओसी ओउसुलाई प्रमुख विपक्षी नेशनल डेमोक्रयाटिक कंग्रेस (एनडीसी) ले सांसदहरुले रोकेर घेराउ गरेपछि विवाद चर्किएको थियो ।
उपसभामुखले बैठकको अध्यक्षता गरेका थिए । कुटाकुटपछि संसद् बैठक स्थगित गरिएको छ ।
प्रमुख विपक्षीले विद्युतीय कारोबारमा १ दशमलब ७५ प्रतिशत कर लगाउने सरकारको प्रस्तावलाई अस्वीकार गरेको छ ।