आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित

होमल्याण्ड खबर

२०७८ पुष १८ गते, आईतवार १०:५६ मा प्रकाशित

आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज तय भएको बैठक २२ गतेसम्मका लागि स्थगित भएको हो । सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित भएको स्रोतले बतायो ।

आजको प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्ने तय भएको थियो । सो बैठकमा थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची थियो । तर माओवादी केन्द्रले संसद बैठक स्थगित गरिदिन आग्रह गरेको थियो ।