अध्यक्षमा चुनिएपछि प्रचण्डलाई अमेरिकाले दियो बधाई

होमल्याण्ड खबर

२०७८ पुष २० गते, मंगलवार ११:२५ मा प्रकाशित

माओवादी केन्द्रको अध्यक्षमा पुनः चुनिएकोमा पुष्पकमल दाहल प्रचण्डलाई अमेरिकाले बधाई तथा शुभकामना दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले प्रचण्डलाई बधाई दिएको हो ।

अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले जनाएको छ ।